काठमाण्डाै – चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाण्डाैकाे सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजारभन्दा धेरै प्रहरी परिचालन गरिने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डाैले आज मङ्गलवारदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण ...