दुई सातामै कोभिडको संक्रमणदर झन्डै तीन गुणा बढ्यो

काठमाडौँ । दुई सातायता कोभिडको संक्रमण दर झन्डै तीन गुणाले बढेको छ । गत जेठ २९ मा कोभिड संक्रमण दर (पोजेटिभिटी रेट) ०.५५ प्रतिशत मात्र थियो । दुई सातामै शनिबार त्यो दर १.४९ प्रतिशत पुगेको छ । पछिल्लो पटक असार ६ गते पोजेटिभिटी दर १.१३ प्रतिशत पुगेको थियो । संक्रमण दर उकालो लागेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । […]