सुदूरपश्चिममा भूकम्प : बुधबार दिउँसोसम्म दुई सय पराकम्प

मङ्गलबार राति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बुधबार दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको जानकारी दिनुभयो ।