भोजपुर, २२ भदौ । भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या हुने गरेको हो । सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् । कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ । […]