१६ हजारभन्दा धेरै 'सर्जरी' गर्ने डाक्टर गाैरव गान्धीकाे ४१ वर्षकाे उमेरमा निधन

भारतकाे गुजरातका चर्चित मुटुराेग विशेषज्ञ सर्जन डाक्टर गाैरव गान्धीकाे निधन भएकाे छ । गान्धीकाे हृदयघातका कारण मङ्गलवार निधन भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ४१ वर्षीय गान्धी पेलेस राेडमा रहेकाे आफ्नाे घरमा सुतेकाे अवस्थामा मङ्गलवार बिहान नउठेपछि परिवारले उहाँलाई अस्पताल लगेका थिए । डाक्टरले उहाँलाई मृत घाेषित गर्दै हृदयघातका कारण ज्यान गएकाे बताएका भारतीय सञ्चारमाध्यम आजतकले लेखेकाे छ।  डा. गान्धीले आफ्नाे मेडिकल करियरमा १६ हजारभन्दा धेरै व्यक्तिकाे मुटुकाे सर्जरी गर्नुभएकाे थियाे । डाक्टर गान्धी ...