काठमाडौं–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

काठमाडौं (अस) । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङको आयोजनामा आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित काठमाडौं– लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ । हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउन यात्रा सुरु गरिएको कम्पनीले बताएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्टबाट सुरु भएको यात्रामा सहभागी ३० जनाभन्दा बढीले काठमाडौं–पोखरा–लेते–जोमसोम–मुक्तिनाथ हुँदै लोमान्थाङसम्मको करिब ९०० किलोमिटरको दूरी तय गर्नेछन् । नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले सोमबार बिहान भृकुटीमण्डपमा यात्राको औपचारिक सुरुआत गरे । यात्रामा सहभागी सबै मोटरसाइकल चालकलाई अनुशासित भएर भ्रमण पूरा गर्न आग्रह गरे । कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पर्यटन बोर्डका प्रतिनिधिको विश्वास छ ।

सम्बन्धित सामग्री

लोमान्थाङ हिरो एक्स प्लस मोटरसाइकल यात्रा

काठमाडौँ– नेपाल जनरल मार्केटिङको आयोजनामा काठमाडौँ–लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यले यात्रा सुरु गरिए जनाइएको छ । नेपाल जनरल मार्केटिङ नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता हो । हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउन यात्रा थालिएको नेपाल जनरल मार्केटिङले जनाएको छ । सोमबार बिहान प्रदर्शनी मार्गस्थित नेपाल […]

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हिरो एक्सप्लसको ‘राइड टू लोमान्थाङ’

२२ कात्तिक, काठमाडौं । हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ३० ग्राहकहरु काठमाडौंबाट लोमान्थाङका लागि राइडिङमा निस्किएका छन् । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले पर्यटन प्रवर्द्धनका लागि हिरो एक्सप्लस मोटरसाइकल किनेका ग्राहकहरुलाई यात्रामा लगेको हो । सोमबार बिहान प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्टबाट यात्रा सुरु भएको हो । यात्रामा सहभागी ३० जना राइडर […]