श्रीलंकाका राष्ट्रपति राजीनामा दिन तयार, सभामुखलाई राष्ट्रपति बनाइने

काठमाडौं : आर्थिक संकटका बीच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आगामी बुधबार राजीनामा दिने भएका छन्। सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ। शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए। यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घरमा आइतबार आगजनी गरेका छन्। ‘प्रदर्शनकारीहरूले प्रधानमन्त्री रनिल विक्रमासिंघेक

सम्बन्धित सामग्री

श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने

श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । वर्तमान अन्तरिम राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ । निवर्तमान राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा आगामी जुलाई २० मा निर्वाचन हुन लागेको छ ।सत्तारुढ दल श्रीलङ्का पोडुजाना पेरामुना (एसएलपीपी)का महासचिव सागरा कारियावासामले विक्रमासिङ्घेलाई नै राष्ट्रपतिको उम्मेदवार बनाइने सम्भावना रहेको बताए ।उनलाई उम्मेदवार बनाएर स

अब्दुल गानी बारादार बन्लान् अफगानिस्तानका अन्तरिम राष्ट्रपति ?

अफगास्तिानको तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गानी बारादर आइतवार बहालवाला राष्ट्रपति अशरफ गानीसँग वार्ताका लागि काबुल पुगेका छन् ।  बारादर र गानीबीच राष्ट्रपति भवनमा वार्ता चलिरहेको छ ।  गानीले राजीनामा दिएर बारादरलाई अन्तरिम राष्ट्रपति बनाइने केही सञ्चारमाध्यमले खबर दिएका छन् ।  कतारले तालिबान र अफगान सरकारबीचको सम्झौताका लागि पहल गरेको हो । अमेरिकाले यसका लागि अनुमति दिएको हो ।