भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज साेमवार कुराकानी गर्नुभएको छ ।
कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्न सुझाव दिनुभएको छ । दुई नेताबीच भएको टेलिफोन वार्तामा मोदीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग सिधै वार्ता गरेर समस्याको निकास खोज्न अनुरोध गर्नुभएको रोयटर्सले जनाएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला प्रधानमन्त्री मोदीले चिन्ता व्यक्त गर्दै युद्ध अन्त्य गराउने प्रयास स्वरूप राष्ट्रपति पुटिनसँग वार्ता गर्न...