रुसले पूर्वी युक्रेनको लिसिचान्स्क सहर कब्जा गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर रुसी फौजले लिसिचान्स्क सहर कब्जा गरेको बताएको बीबीसीले जनाएको छ ।
यसअघि बिहान रुसी रक्षा मन्त्रालयले लिसिचान्स्कलाई पूरै घेरेर सहरभित्र आक्रमण गरिरहेको बताएको थियो । यो सहरसँगै युक्रेनको लुहान्स्क क्षेत्र नै रुसको कब्जामा आएको रुसी रक्षा मन्त्री सर्गेई शोइगुले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ । तर युक्रेनी रक्षा मन्त्रालयका प्रवक्ता युरी साकले रुसी दाबीकाे खण्डन गर्दै लिसिचान्स्क सहरको अवस्था अत्यन्तै जटिल भए ...