बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला मासिक ६ वटा राडीपाखी उत्पादन गर्थे । उनलाई माग धेरै आउँदा राडी तयार गर्न समस्या हुन्थ्यो । आजभोलि महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उनकाे अनुभव छ। उनीमात्र होइन, जिल्लामा राडीपाखी व्यवसायलाई आफ्नो प्रमुख पेसा बनाएकाको व्यवसाय संकटमा पर्दै गएको छ । आफूले सिकेको सीप दोस्रो पुस्तामा हस्तान्तरण नहुँदा…