सिद्धबाबा सुरुङमार्गको निर्माण गरिने

काठमाडौं, १० जेठ। सरकारले आर्थिक वर्ष २०७९/०८० मा मदन भण्डारी राजमार्गको बाँकी खण्डको निर्माण सम्पन्‍न गर्ने लक्ष्य लिएको छ । केही वर्ष यता राजमार्ग निर्माणाधीन छ । तर, नयाँ आर्थिक वर्षमा निर्माण सम्पन्‍न गर्ने सरकारले लक्ष्य लिएको हो । त्रिभुवन राजमार्गको ठाउँठाउँमा सुरुङमार्ग र फ्लाई ओभर निर्माण गर्ने पनि सरकारको लक्ष्य रहेको छ । सिद्धबाबा […]

सम्बन्धित सामग्री

तानसेन-बुटवल सडक दैनिक ९ घण्टा बन्द

उत्तरदक्षिण सिद्धार्थ लोकमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्ग पूर्वतयारीका लागि तानसेन–बुटवल सडकखण्ड मंगलबारदेखि दैनिक नौ घण्टा बन्द गरेर निर्माण गरिने भएको छ ।

प्राकृतिक स्रोतको उपयोग (सम्पादकीय)

चुरे संरक्षण, विनाश र तराई–मधेसको मरुभूमीकरणबारे चर्का स्वर सार्वजनिक भएका छन् । यी स्वरले नेपालीहरूमा वृद्धि भएको वातावरणीय चेतनालाई स्पष्ट गर्छ । आजभन्दा ५० वर्षअघि नेपालमा यस्ता चेतनाका स्वर सायदै उठ्थे । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने छ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वेको निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिइने छ’ भनी उल्लेख गरिएपछि वातावरण संरक्षण, चुरे विनाश, तराई–मधेसको सम्भावित सङ्कटबारे चौतर्फी बहस भएको हो । सरकारले चुरे संरक्षणको प्रतिकूल हुने गरी कुनै कार्य नहुने, खानी विभागले पहिचान गरेका स्थानबाट वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा मात्रै खानी उत्खनन गर्ने स्पष्ट गरिसकेको छ । सिद्धबाबा क्षेत्रको डाँडो काट्ने नभई त्यहाँ सुरुङ मार्ग निर्माण गरिने प्रतिबद्धता सरकारले गरेको छ ।

सिद्धबाबा डाँडो काटेर वैकल्पिक सडक निर्माण गरिने

२५ जेठ, बुटवल । प्रदेश ५ सरकारले सिद्धबाबा क्षेत्रको डाँडो काटेर बैकल्पिक मार्ग बनाउने नीति तय गरेको छ । आगामी आर्थिक वर्ष ०७५/०७६को नीति तथा कार्यक्रममा बुटवल-पाल्पा सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा क्षेत्रलाई प्राथमिकतामा राखेको हो । प्रदेश सभामा शुक्रबार प्रदेश प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सिद्धबाबा क्षेत्रमा पहिरोका …