कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखको नियमित सेवा प्रवाह रोकिएको छ । जिल्ला प्रशासनमा कार्यरत चार जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।