पाँच दिनपछि खुल्यो मौसम, हिमाली जिल्लामा फसेका पर्यटक ओसार्न विमान कम्पनीलाई भ्याइ नभ्याइ

काठमाडौं : मौसमी सुधार आएसँगै पाँच दिनदेखि बन्द रामेछाप-लुक्ला उडान पुनः सुरु भएको छ। बिहीबारबाट मौसममा सुधार आएसँगै हवाई जहाज र हेलिकोप्टर धमाधम पर्यटक ओसार्न व्यस्त भएको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलका प्रमुख द्वारिका अछामीले बताए। 'धेरै दिनपछि आज मौसम खुलेको छ। शनिबारदेखि उडान बन्द थियो। यतिखेर वायुसेवा कम्पनी र विमानस्थल…