काठमाण्डौ – इजरायलले कृषि क्षेत्रको लागि पनि नेपाली श्रमिक लिने भएको छ । आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि इजरायली राजदूत हनान गोदेरले यसबारे जानकारी गराउनुभएको हो ।
उहाँहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले हिजो मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराउनु भएको हो । यसअघि इजरा...