दाङ २ मा रोचक बन्दै मतपरिणाम : शर्मालाई भेट्टाउन पोखरेललाई सकस

काठमाडौं : दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन्। शर्माले आफ्नो अग्रता कायम राखे पनि एमाले महासचिव शंकर पोखरेलले मतान्तर घटाउँदै आएकी छ्न्।५४ हजार ६०७ मत गणना हुँदा रेखाले १९ हजार ७७२ मत प्राप्त गरेकी छन्। पोखरेलले १८ हजार ७५८ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर १ हजार १४ रहेको छ। क्षेत्र नं. २ मा १ लाख ३३ हजार ७४८ मतदाता मध्ये ७९ हजार ४४६ मत खसेको थियो । क्षेत्र नं. २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ।