फाइजर र एस्ट्राजेनेकाको खोप एक-एक मात्रा लगाउँदा प्रतिरोधी क्षमता झनै बढ्न सक्छ : अध्ययन

अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा भएको एक अध्ययनले कोरोना भाइरसविरुद्धको फाइजर र एस्ट्राजेनेकाको एक-एक मात्रा खोप लगाउँदा प्रतिरोधी क्षमता झनै बढ्ने देखाएको दाबी गरेको छ । फाइजर वा एस्ट्राजेनेका खोपको दुई–दुई मात्राले भन्दा दुवै खोपको एक–एक मात्रा लगाउँदा बढी फाइदा हुने अध्ययनमा देखिएको हो ।