मच्छिन्द्र लगातार दोस्रोपटक 'ए' डिभिजन लिग च्याम्पियन

काठमाडौं : मच्छिन्द्र फुटबल क्लब लगातार दोस्रो पटक सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन बनेको छ। लिगमा दुई खेल बाँकी हुँदै मच्छिन्द्रले अपराजित रहँदै उपाधि जितेको हो। बुधबार भएको ११ औ चरणको खेलमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रोपटक च्याम्पियन बन्यो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो। खेलको ५३ औं मिनेटमा अजरबैजानका खेलाडी नोर्लानले निर्णायक गोल गरे। सुनिल