नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले किन्ने, निजी क्षेत्रसँग सम्झौता गर्न गृहकार्य थाल्दै

काठमाडौं: नेपालमा हाल खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ। नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पिपिए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको छ। बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघ (सीएनआइ) को प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताएका…