गण्डकी प्रदेशसभामा राप्रपा प्रवेश, बाहिरियो राजमो

२०७४ को निर्वाचनमा दुई सिट प्रत्यक्ष निर्वाचन प्रणलीबाट निर्वाचित भएको राष्ट्रिय जनमोर्चा(राजमो) पार्टीबाट गण्डकी प्रदेशसभामा समानुपातिकसहित तीन सदस्य थिए । तर, यस पटक भने राजमो बाहिरिनु परेको छ । गण्डकी प्रदेशबाट राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दा प्रदेशमा उम्मेदवारी खाली भएको थियो ।

सम्बन्धित सामग्री

कर्णालीमा एमालेले नेतृत्व गर्दै, गण्डकीमा राप्रपा निर्णायक

गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्रीले बुधबार राजीनामा दिएसँगै दुवै प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई चैत २७ भित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीको दाबीसहित प्रस्ताव गर्न ७ दिनको समय दिएका छन् ।