मेडिसिटी अस्पताल प्राङ्गणमा प्रदीप गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै

काठमाडौं।नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जलीको कार्यक्रम जारी छ।मेडिसिटी अस्पतालको शिवालयमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता,कार्यकर्ता तथा लब्धप्रतिष्ठित व्यक्तिहरु पुगेका छन्।अस्पताल परिसरमा गिरिको पार्थिव शरीर ११ बजेसम्म राख्ने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा ल्याइने कार्यक्रम छ।कांग्रेस केन्द्रीय कार्यालयमा दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखेपछि पशुपति आर्यघाट लगिने नेपाली कांग्रेसले जनाएको छ।

सम्बन्धित सामग्री

गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको मेडिसिटीमा भीड (फोटोफिचर)

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पूर्व राष्ट्रपति डा. रामबरण यादवदेखि गृहमन्त्री बालकृष्ण खाँणसम्म मेडिसिटी अस्पताल पुगेका छन् । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे पनि गिरिप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अस्पताल पुगेका थिए । भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन […]

गिरि कल्याणकारी राज्यको पक्षधर : पूर्वराष्ट्रपति यादव

५ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वर्गीय प्रदीप गिरि कल्याणकारी राज्यको पक्षधर भएको बताएका छन् । गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्न मेडिसिटी अस्पताल पुगेका डा. यादवले तीक्ष्ण बुद्धि, बौद्धिक व्यक्तित्व, अध्ययनशील र पछि परेको समाजको उत्थानको पक्षमा लाग्ने व्यक्ति गुमाउँदा आफू दु:खित रहेको बताए । बीपी र गणेशमानपछि नेपाली भाषी नेतामा गिरि तराईमा अत्यन्तै […]