विश्वसुन्दरी प्रतियोगितामा नेपाली चेली

नेपाली चेली अनुष्का श्रेष्ठले लन्डनको एक्ससेलमा भएको विश्वसुन्दरी प्रतियोगिता (मिस वल्र्ड–२०१९) मा तीनवटा उपाधि जित्न सफल भइन् । मिस वल्र्ड नेपाल–२०१९ मा मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठ १२ औँ स्थानसम्म पुग्न सफल भइन्, तर अन्तिम ५ स्थानमा भने पुग्न सकिनन् । मिस वल्र्ड नेपालमा सबैभन्दा महत्वपूर्ण मानिने शीर्षक उपाधिहरू अनुष्काले जित्न सफल भइन् । ब्युटी विथ पर्पस अवार्ड, मल्टिमिडिया अवार्ड र हेड टु हेड उपाधि अनुष्काले जितेकी हुन् ।