ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेमा २ जना मृत अवस्थामा भेटिएका छन् ।
नाताले काका ससुरा र बुहारी छुट्टाछुट्टै स्थान तथा समयमा मृत अवस्थामा भेटिएका हुन् ।
बुधवार दिउँसोदेखि बेपत्ता बनेकी ३६ वर्षीया बिमला बस्नेत बेलुका घाँटीमा प्लास्टिकको डोरीले बाँधिएको अवस्थामा मृत भेटिएको बताइएको छ ।
बिहीवार विमलाका काका ससुरा पर्ने घनश्याम बस्नेत पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका छन् । विमलालाई साँझ करीब ९ः०० बजे घर नजिकैको जंगलमा घाँटीमा डोरीले बाँधिएको र भूइँमा लतारिएको अवस्थामा स्थानीयले फ...