नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकले असार २० गते देखि १३ लाख १६ हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ र एनआईसी एसिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक सेयर लिलामीमा ल्याएका हुन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७०० रुपैयाँ तोकेको छ भने एनआईसी एसिया बैंकले ४२५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यही मूल्यलाई आधार मानेर लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । तोकिए