ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका लागि प्रक्रिया अघि बढ्दै

काठमाडौं : नेपाली आफैँले पहिलोपटक निर्माण गर्न लागेको ‘फ्लाई ओभर’ का रूपमा रहेको ग्वार्कोस्थित ‘फ्लाई ओभर’का लागि निर्माण कम्पनी छनोटको काम अघि बढाइएको छ। निर्माणका लागि ठेक्का आह्वान गरिएकामा नौ कम्पनीले आवेदन दिएका थिए। अहिले ठेक्का मूल्याङ्कनका क्रममा रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख प्रभात झाले बताए। नयाँ प्रकारको ठेक्का भएकाले ढिला भएकामा आगामी दुई सातासम्म टुङ्गो लाग्ने उनको भनाइ छ। ‘नेपाली निर्माण व्यवसायीले नै निर्माण गर्नेछ

सम्बन्धित सामग्री

ग्वार्काेमा ‘फ्लाई ओभर’ निर्माण प्रक्रिया अघि बढ्दै

काठमाडौं । ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका लागि कम्पनी छनोटको काम अघि बढाइएको छ । निर्माणका लागि ठेक्का आह्वान गरिएकोमा ९ कम्पनीले आवेदन दिएका थिए । अहिले ठेक्का मूल्यांकनका क्रममा रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख प्रभात झाले बताए । नयाँ प्रकारको ठेक्का भएकाले ढिलोमा आगामी दुई सातासम्ममा टुंगो लाग्ने उनले जानकारी दिए । बोलपत्र हाल्ने कालिका कन्स्ट्रक्सनको अदालतमा मुद्दामा परेकाले उसलाई मूल्यांकनमा पार्ने कि नपार्ने भन्ने अन्योलका कारण केही समय ढिलाइ भएको थियो । अहिले समावेश गर्न निर्देशन आएको केन्द्रका इन्जिनियर सरोज वज्राचार्यले बताए । काठमाडौंका बढी व्यस्त सडकमा हुने सवारीसाधनको चाप कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाई ओभर’ वा ‘अन्डरपास’ निर्माणका लागि अध्ययन गरेकोमा पहिलोपटक ग्वार्काेमा निर्माणको प्रक्रिया अघि बढाइएको हो । आठ लेन रहेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको केन्द्रले बताएको छ । बालकुमारीबाट आएका सवारीसाधनका लागि चार लेन उठाएर ग्वार्कोतिर लग्ने र अर्को चार लेन तल (अहिलेको भएको ठाउँमा) हुने इन्जिनियर वज्राचार्यले बताए । ‘फ्लाई ओभर’को लम्बाइ झन्डै ५०० मिटर र उचाइ ६ मिटर हुनेछ । माथि चढ्न र झर्न र्‍याम्प हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ । सरकारले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा उपत्यकामा व्यस्त सात चोकमा सवारीसाधनको आवागमन सजिलो बनाउन अध्ययन गर्न उल्लेख गरेकोमा केन्द्रले ग्वार्काे, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको थियो । परामर्शदाताबाट पहिलो चरणको अध्ययन भएपछि यसलाई आधार मानेर ग्वार्कोमा निर्माण अघि बढाइएको केन्द्रले बताएको छ । ती तीन ठाउँमध्ये पनि सबैभन्दा सजिलो हुने देखिएकाले अहिले ग्वार्काे छानिएको इन्जियियर वज्राचार्यको भनाइ थियो । विभागले चक्रपथका चोक–चोकमा ‘फ्लाईओभर’ वा ‘अन्डरपास’ निर्माण गरेर कुनै पनि ठाउँमा सवारीसाधन नरोकिने अवधारणा ल्याएको छ । विमानस्थल झरेर कलंकी पुग्दा कतै पनि सवारीसाधन नरोकिने गरी जान सक्ने बनाउने दीर्घकालीन योजना रहेको केन्द्रले बताएको छ । ‘फ्लाई ओभर’ बीएन्डबी अस्पताल नजिकैको ग्वार्कोबाट बालकुमारीको केही अघिसम्म रहनेछ । सरकारको आफ्नै लगानीमा निर्माण गर्न यो योजनामा नेपाली निर्माण व्यवसायीले नै काम गर्ने भएका छन् । अहिलेसम्म ‘फ्लाई ओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि गाडी हिँड्ने धेरै पुल बनाइसकेकाले जिम्मेवारी दिन लागिएको हो । संरचना निर्माण गर्ने अवधिमा सडकमा यातायात आवागमन अवरुद्ध नहोस् भन्नेमा ध्यान दिइएको छ । उनका अनुसार ठेक्का सम्झौता हुँदा कागजातमा निर्माण कम्पनीले निर्माणसँगै ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख हुनेछ । निर्माणको अवधिमा मुख्य लेनभन्दा बाहिर रहेको ‘सर्भिस लेन’ प्रयोग हुनेछ । यहाँको चाप कम गर्न सकेसम्म सवारीसाधन अन्यत्र मोड्नुपर्न उनले बताए । रासस