शङ्खमूल क्षेत्रको बागमती किनार दायाँबायाँ सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
बागमती सफाइ महाअभियानको ४५२औँ हप्तामा शनिबार गरिएको सफाइमा पुसको चिसो बेवास्ता गरी अभियानकर्मी बिहान ७ बजे नै नदी किनारमा जम्मा भएका थिए ।
सफाइमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तन्डुकार, विभिन्न सङ्घसंस्था, स्थानीयवासी, अधिकारसम्पन्न बागमती समितिका कर्मचारी र बागमती सफाइ अभियान...
काठमाडौं : अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको उद्देश्य थियो –प्रदूषित नदीमा कञ्चन पानी बगाउने।विकास समितिले २०७० जेठ ५ गतेबाट नागरिक सफाइ अभियान सञ्चालन पनि गर्याे। अहिलेसम्म बागमती सफाइ अभियान चार सय ७ औं हप्ता पुगिसकेको छ।तर, बागमती नदीको रूप भने अझै फेरिन सकेको छैन। अहिले पनि नदीमा लेदोसँगै पानी बगिरहेको देखिन्छ। पानीको दुर्गन्धले खोला आसपास सर्वसाधारणले नाक थुन्दै हिँडिरहेका छन्।किन बागमती सफा हुन सकेन त?बागमती नदी सफाइ अभियान थालिएको सात वर्ष पुग्दा पनि पा