नारायणी कला मन्दिरमा शास्त्रीय नृत्य

नृत्य निर्देशक संघ चितवनका अध्यक्ष पुष्प श्रेष्ठले नेपालमा अन्य नृत्य गर्नेहरूको तुलनामा शास्त्रीय नृत्य गर्नेहरूको संख्या निकै कम भएको हुँदा नारायणी कला मन्दिरसँगको सहकार्यमा शास्त्रीय नृत्यको प्रशिक्षण दिएको बताए।...

सम्बन्धित सामग्री

आजदेखि नारायणी महोत्सव शुरू हुँदै

चितवन। चितवनको नारायणी नदी किनारमा आज (बुधवार)देखि नारायणी महोत्सव सञ्चालन हुँदै छ । रिकभरिङ युनाइटेडको मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा ‘चितवन रिकभरी जनचेतना, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८०’ हुन लागेको हो । स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । महोत्सव मङ्सिर १६ गतेसम्म चल्ने रिकभरिङ युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए । लागूऔषध प्रयोगकर्ताको नि:शुल्क उपचार मुख्य लक्ष्य भए पनि महोत्सवले सबै क्षेत्रका उद्योगी व्यवसायीको प्रवर्द्धनमा सघाउने श्रेष्ठले बताए । महोत्सवमा सर्वसाधारणलाई ७० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक र विपन्न तथा पाँच वर्षमुनिका बालबालिकाका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिनेछ । महोत्सव सम्पन्न गर्न ५७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवले घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय स्रोतसाधन, मौलिक परम्परा, स्थानीय कृषि उपज लगायतको प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ । महोत्सव ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा अटोमोबाइल, कृषि तथा हस्तकला, खाना, फेन्सीलगायतका २५० स्टल रहनेछन् । महोत्सव भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पनि महत्त्वपूर्ण माध्यम बन्ने महोत्सवका सहसंयोजक पिंगलराज पन्तले बताए । भरतपुरसहित समग्र चितवनका पर्यटकीय गन्तव्यको जानकारी दिन महोत्सव परिसरमा छुट्टै डिस्प्ले बोर्ड राखिएको छ । महोत्सवमा हरेक दिन सांस्कृतिक कार्यक्रम पनि हुनेछन् । महोत्सव ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा २५० भन्दा बढी स्टल रहनेछन् । महोत्सवमा अटोमोबाइल, कृषि तथा हस्तकला, खाना, फेन्सीलगायतका स्टल रहनेछन् । यस्तै नि:शुल्क स्वास्थ्य शिविर, नृत्य प्रतियोगिता, लागूऔषध दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम र अन्तरराष्ट्रियस्तरका बाल उद्यान रहने आयोजकले जानकारी दिएको छ ।

थारु होमस्टेमा ओइरिँदै पर्यटक

चितवन । कोरोना महामारी सुस्ताउँदै जाँदा चितवनमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, पटिहानी र मेघौलीमा अहिले आन्तरिक र बाह्य पर्यटक देखिन थालेका छन । थारु समुदायको मौलिक संस्कृति र परम्परामा रमाउन पर्यटक थारु होमस्टेमा पुग्ने गरेका छन् । ठूला होटल तथा रिसोर्टको तुलनामा पछिल्लो समय होमस्टेमा आकर्षण बढ्दै गएको स्वयं व्यवसायी बताउँछन् । माडीको शिवद्वार होमस्टेसँगै भरतपुर महानगर–२७ मा रहेको थारु होमस्टेमा बाक्लो संख्याका पर्यटक देखिन थालेका छन् । होमस्टेमा अर्गानिक, मौलिक परिकार, सस्तो बसाइ र शान्त वातावरणका कारण पर्यटक आकर्षित भएका हुन् । मेघौलीमा ०६७ सालदेखि थारु समुदायले सञ्चालन गरेको सामुदायिक होमस्टे छोटो समयमै पर्यटक रोजाइमा परेको हो । थारु समुदायकै घरमा बन्ने स्थानीय उत्पादन खाने र स्थानीय कला–संस्कृतिको जानकारी लिने अवसर पाइने हुँदा विदेशी पर्यटक पनि सामुदायिक थारु होमस्टेतर्फ तानिएका हुन् । भरतपुर महानगर–२७ का जीवन चौधरी कोरोनाको प्रभाव कम हुँदै जाँदा पर्यटक आगमन बढ्न थालेको बताउँछन् । ‘अहिले होमस्टे आउने पर्यटक बढिरहेका छन्  । हाम्रो खाना, परिकार, रहनसहन पर्यटकले मन पराउन थालेका छन् । अघिल्ला समय सुविधासम्पन्न होटलमा पर्यटक बस्न मन पराउँथे’, उनले भने, ‘अहिले मौलिक परम्परा र संस्कृतिमा रमाउन थालेका छन् ।’ होमस्टेमा विभिन्न स्वादसहितका अर्गानिक खाना, थारु नाच हेर्न पाइने भएकाले पर्यटक रोजाइमा परेको उनको बुझाइ छ । होमस्टेमा प्रवेश गर्नासाथ मौलिक वेषभूषासहित फूल र टीका लिएर सजिएका थारु युवतीले पर्यटकलाई स्वागत गर्छन् । संस्कारी थारु समुदायका व्यक्तिको स्वागत सत्कारले पर्यटकलाई आत्मीय प्रकट गर्दछ । स्वागतपछि होमस्टेमा भित्रिएसँगै हाँसको मासु, चिचर, घोंगी, माछा, निगुरो, नुन–खुर्सानीको अचार, गुन्द्रुक आदि परिकारको स्वाद र साँझमा देखाइने मौलिक नाचले रौनक थप्ने गरेको छ । होमस्टेमा नेपाली पर्यटकले सादा खाना १ सय ५०, मासुसहितको खाना ३ सय, दिउँसो नास्ताको १ सय र एक रात बसेको ५ सय रुपैयाँ मूल्य राखिएको छ । थारु सामुदायिक होमस्टे थारु संस्कार र संस्कृतिको जीवन्त संग्र्रहालय बनेको छ । यहाँ आउने पर्यटकले थारु संस्कृतिमा देखाइने चिचर, घोंगी, हाँसको मासु आदि खान पाउँछन् भने परम्परागत लठ्ठी, झमटा, झुमरा, डम्फु नाच आदि मौलिक नृत्य देखाइने सामुदायिक होमस्टेका सञ्चालक बुद्धिराम महतोले जानकारी दिए । न्यानो आतिथ्यका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन, मौलिक उत्पादन तथा सेवाका कारण पर्यटकले  होमस्टे रोज्न थालेको महतो बताउँछन् । भरतपुरबाट दैनिक सयौंको संख्यामा गोलाघाट घुम्न आउने गर्छन् । साँझपख सूर्यास्त हेर्नेको घुइँचो लाग्ने गर्छ । राप्ती र नारायणी नदीको संगम स्थल गोलाघाट भएकाले पनि पर्यटकका लागि नौलो अनुभव हुने गर्छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावर हेर्न पनि गोलाघाटमा पर्यटकको चहलपहल बढी हुने मेघौली पर्यटन विकास समिति अध्यक्ष हरिचन्द्र महतो बताउँछन् । ‘शान्त तथा प्राकृतिक वातावरणसँग पर्यटकले नदी, जंगल, जनावर, सूर्यास्त, होमस्टे, थारु संस्कृतिका सबै अनुभव गर्न पाउँछन् । त्यसैले अन्य गन्तव्यभन्दा मेघौली फरक छ,’ उनले भने ।

६ जना स्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार

वरिष्ठ तवलावादक रामहरि गुरुङ्ग, सङ्गीत विधामा वरिष्ठ सङ्गीत संयोजक हस्तबहादुर थापा ‘पल्ली मगर’, नाट्य विधामा वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ल, लोक सङ्गीत विधामा वरिष्ठ लोक गायक कुमार बस्नेत, रङ्गमञ्च विधामा वरिष्ठ अभिनेता नीर शाह तथा नृत्य विधामा वरिष्ठ नृत्याङ्गना नारायणी देवी प्रधान सम्मानित भएका हुन्। पुरस्कारसहित जनही १ लाख १ रुपैँया र ताम्रपत्रद्वारा सम्मान गरिएको हो।

नारायणगढमा अलिशाको हट नृत्य, यसरी गरिँदै छ 'चि मुसी चि'को प्रचार

काठमाडौं : नायिका अलिशा शर्माको हट नृत्यले नारायणगढ तातेको छ। शनिवार साँझ नारायणी किनारमा भएको भव्य कन्सर्टमा नारायणगढवासी हजारौँ दर्शकलाई अलिशाको नृत्यले गर्मी बनाएको थियो। अलिशाको गृहनगर रहेको उक्त ठाउँमा उनी निकै हट अवतारमा प्रस्ततु थिइन्। फिल्म प्रचारको लागि देश दौडाहामा निस्किएको 'चि मुसी चि' टीमले पूर्वी ...