९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसमा प्रभातफेरी

 राष्ट्रिय फोटो पत्रकार समूह नेपालले ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरी आयोजना गरेको छ । नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।भृकुटी मण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै हनुमानढोकामा पुगेर समापन भएको थियो । बसन्तपुर डबलीमा फोटो पत्रकारहरुले खिचेका तस्बिरहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी बुधबारसम्म जारी रह

सम्बन्धित सामग्री

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी तथा प्रभातफेरी (फोटोफिचर)

काठमाडौं, १३ वैशाख । ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस आज देशभर मनाइँदैछ । देशभरका फोटो पत्रकारहरूले विविध कार्यक्रम गरेर फोटो पत्रकारिता दिवस मनाइरहेका छन् । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा ९५औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय फोटो पत्रकार समूहले आज काठमाडौंको बसन्तपुरमा लकडाउन फोटो प्रदर्शनी कार्यक्रमको समेत आयोजना […]