श्रमिकका गुनासा तत्काल सम्बोधन भइरहेका छन् : श्रममन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयसँग संम्बन्धित श्रमिकका गुनासाहरु तत्काल सम्बोधन गर्ने गरेको बताएका छन् । मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमको आइतबार दोस्रो अंकमा श्रमिकसँग प्रत्यक्ष फोनमा कुरा गर्दै मन्त्री कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित गुनासाको तत्काल सुनुवाई भइरहेको दाबी गरेका हुन् । […]