झापाका १० क्याम्पसमा निर्वाचन सकियो

झापामा शान्तिपूर्ण रूपमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आङ्गिक र सम्बन्ध प्राप्त क्याम्पसहरूमा आज स्ववियु निर्वाचन भएको हो ।

सम्बन्धित सामग्री

देशभरका ६० क्याम्पसको मतगणना सकियो, कुन संगठनले कति जिते ? (सूचीसहित)

आइतबार साँझ ८ बजेसम्म प्राप्त मतपरिणाम अनुसार ३० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ ।

संगठन दर्ता गर्न नदिएको भन्दै थापाथली क्याम्पसमा अनेरास्ववियूले लगायो ताला

काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले तालाबन्दी गरेको छ । अखिलले क्याम्पसको निर्वाचन समितिले जालझेलपूर्ण ढंगले संगठन दर्ता गर्न नदिइएको आरोप लगाउँदै तालाबन्दी गरेको हो । संगठनका उपमहासचिव अशोक थापाले संगठन दर्ताका जाँदा निर्वाचन समितिले जालझेल गरेर समय सकिने बेलासम्म पर्खाएको र पछि समय सकियो भनेर दर्ता गर्न नदिइएको बताए । […]

टिपरमा लिफ्ट मागेकी छात्रालाई थानकोटमा लगेर बलात्कार

टिपरमा लिफ्ट मागेर दोलखाबाट काठमाडौं आएकी १७ वर्षीया विद्यार्थीलाई चालकले बलात्कार गरेका छन् । असार २४ गते राति चरिकोटबाट आएको रा.१ ख २७३४ नम्बरको टिपर चालकले छात्रालाई बलात्कार गरेका हुन् । बलात्कार आरोपमा दोलखाको गौरीशंकर गाउँपालिका–८ घर भएका  ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । बलात्कृत बालिका गौशालास्थित एक क्याम्पसमा १२ कक्षामा पढ्छिन् । ज्ञानबहादुरले टिपरमा ‘तेल सकियो तेल हाल्न जाउ

तरलता संकट समाधानका उपाय

कुनै पनि बैंक तथा वित्तीय संस्थाको मुख्य काम निक्षेप संकलन गर्नु र कर्जा प्रवाह गर्नु हो । तर, उनीहरूले जति निक्षेप संकलन गरेको हुन्छन् त्यसको सबै अंश कर्जाको रूपमा विस्तार गर्न पाउँदैनन् । केन्द्रीय बैंकको नियमअनुसार प्रत्येक बैंक तथा वित्तीय संस्थाले आफ्नो निक्षेपको केही अंश तरल सम्पत्तिको रूपमा नेपाल राष्ट्र बैंकमा खाता खोले राख्छन् भने केही रकम राष्ट्र बैंकले जारी गर्ने ट्रजरी बिललगायत वित्तीय उपकरणमा लगानी गर्न सक्छन् । यसरी तरल सम्पति राख्नुको मुख्य उद्देश्य यदि कुनै निक्षेपकर्ताले आफ्नो खाताको रकम निकाल्न चाहेमा बैंक तथा वित्तीय संस्थामा उपलब्धता होस् भन्ने हो । त्यस्तो निक्षेपको रकम फिर्ता दिन नसकेको अवस्थामा समग्र बैंकिङ प्रणालीप्रति निक्षेपकर्ताको विश्वास घट्न पुग्छ । यही कारण समग्र आर्थिक क्रियाकलापमा नै नकारात्मक असर पर्न जान सक्छ । यसरी सम्पूर्ण निक्षेपकर्ताको निक्षेपको जिम्मेवारी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकको रहेको हुन्छ । अहिलेको बैंकिङ प्रणालीमा देखा परेको तरलताको समस्या भनेको बैंकहरू निक्षेपकर्ताको पैसा फिर्ता दिन सक्ने अवस्थामा छैनन् भन्ने होइन । अहिले समग्र बैंकिङ प्रणाली र अर्थतन्त्रमा देखापरेको तरलता समस्या भनेको बैंक तथा वित्तीय संस्थाहरूले बजारमा थप कर्जा प्रवाह गर्ने नसकेको अवस्थालाई जनाउँछ । बजारमा निक्षेपको रकम घट्दै जानु, कर्जाको माग बढ्दै जानु र घट्दो निक्षेपका कारणले बजारमा थप कर्जा बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्न सक्ने अवस्थामा नहुनु नै तरलता अभाव हुनु हो । तरलता समस्याको कारण नेपालको बैंकिङ क्षेत्रमा तरलता समस्या नौलो बिषय होइन । विसं २०७२ सालको महाभूकम्प र आर्थिक नाकाबन्दीपछि चलायमान भएको अर्थतन्त्रमा पनि तरलता संकट गहिरिएको थियो । उक्त समयमा देखा परेको तरलता संकटका कारणहरू मध्य बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धिको प्रभाव एक प्रमुख कारण रहेको थियो । धेरैजसो बैंक तथा वित्तीय संस्थाहरू पूँजी वृद्धि गर्नका निमित्त मर्जर प्रक्रियामा सामेल हुन्छन् भन्ने अनुमानका साथ राष्ट्र बैंकले पूँजी वृद्धिको नीति लियो तर तिनले हकप्रद र बोनस शेयरमार्फत पूँजी बृद्धिको बाटो रोजे । चार गुणासम्म पूँजी बिस्तार भएका बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो नाफा र लाभांश बढाउनुपर्ने बाध्यता बन्यो, जसका कारण बैंक तथा वित्तीय संस्थाहरू आक्रामक रूपमा कर्जा प्रवाह गर्न लाग्दा तरलता समस्या उत्पन्न भएको थियो । त्यसैगरी संघीयताको कार्यान्वयनसँगै बनेको नयाँ सरकारले राजनीतिक स्थायित्व प्रदान गर्ने र आर्थिक क्षेत्रमा देश अगाडि बढ्छ भन्ने अपेक्षाका साथ पनि कर्जाको माग बढ्न गयो । उदाहरणका लागि विसं २०७२/७३ मा ११ अर्ब ७० करोड बराबरको सिमेन्ट आयात भएको थियो भने २०७२/७३ मा २६ अर्ब १० करोड र २०७३/७४ मा ३१ अर्ब ७० करोड बराबर आयात भएको सिमेन्टमा अहिले भने नेपाल आत्मनिर्भर भएको पाइएको छ । आर्थिक नाकाबन्दी पछि चलायमान भएको अर्थतन्त्रमा आयातको आकार बढ्न गयो, जसका कारण पनि कर्जाको मागमा तीव्र वृद्धि भएको थियो । भूकम्पपछिको पुनर्निर्माणका कारण धेरै पैसा आवश्यक परेको सरकारले ठूलो आकारको बजेट लिएर आयो । लक्ष्यअनुरूप सरकारले राजस्व संकलन गरे पनि पूँजीगत खर्च गर्न नसक्नु र घट्दो वृद्धिदरका रूपमा रहेको विप्रेषण तरलता समस्याको अर्को पाटो बनेको थियो । विसं २०७२ सालपछिको तरलता संकट जस्तै अहिले पनि बैंकिङ प्रणालीमा तरलता संकट गहिरिएको अवस्था छ । कोभिड–१९ को महामारीमा ठप्प भएको अर्थतन्त्रमा प्रशस्त तरलता थियो । तर, जब अर्थतन्त्र चलायमान हुने अवस्था भयो । आयातको आकार तीव्र रूपले बढ्न गयो तथा बैंक तथा वित्तीय संस्थाले तीव्र व्यवसाय वृद्धिको बाटो समाते । हालै प्रकाशित नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ६ महीनामा व्यापार घाटा अघिल्लो आर्थिक वर्षको ६ महीनाको तुलनामा ४६ दशमलव ६ प्रतिशतले बढेको देखिन्छ, जसका कारण धेरै मात्रामा देशबाट पैसा बाहिरियो । एकातिर सोचेभन्दा बढी राजस्व संकलन गरेको सरकारले पूँजीगत खर्च गर्न नसक्दा बैंकिङ प्रणालीमा पैसा आउन सकेन जुन तरलता संकटको अर्को मुख्य समस्या रह्यो । विप्रेषण आप्रवाहमा आएको कमीको कारण पनि बैंकिङ प्रणालीमा कम पैसा आएको देखिन्छ । तरलता समस्या समाधानका उपाय विद्यमान तरलता समस्या समाधानको पहिलो उपाय भनेको सरकारले पूँजीगत खर्च बढाउनु नै हो, जसबाट बजारमा पैसाको प्रवाह हुन जान्छ र तरलता समस्या समाधानको बाटोतर्फ जान सक्छ । दोस्रो समाधान भनेको अवैधानिक बाटोबाट आउने विदेशी मुद्रालाई रोक्नु हो । त्यसैगरी अहिलेको चर्को बहसको रूपमा रहेको क्रिप्टोकरेन्सीमा गरिने अवैधानिक लगानी पनि तरलता समस्याको अर्को कारण बनेको छ । यसरी अवैधानिक रूपमा हुने कारोबारले गर्दा पनि ठूलो आकारको रकम नेपालबाट बाहिरिने गरेको देखिएको छ । हालै प्रकाशित एक विज्ञप्तिका अनुसार सिंगापुरको क्रिप्टोपेमेन्ट गेटवे ट्रिपल एले विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूको विषयमा हालै नया प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको करीब १ दशमलव ४५ प्रतिशत अर्थात् करीब ४ लाखको हाराहारीले अवैध रूपमा क्रिप्टोकरेन्सीमा लगानी गरेको तथ्यांक बाहिरिएको छ । तरलता समस्या समाधानको अर्को उपाय भनेको विलासिता समानका रूपमा प्रयोग गरिने वस्तुको आयातमा कडाइ गर्नु हो । हुन त यस्तै विलासिता सामानको भन्सार महसुलबाट राजस्वको केही अंश परिपूर्ति भए तापनि दिगो कर प्रणाली लागू गर्न भन्सार महसुलबाहेक अन्य करका दायराहरूमा ध्यान दिएर यस्ता विलासिताका वस्तुको आयात घटाउन सकियो भने तरलता समस्यालाई केही राहत पुग्न सक्थ्यो । अन्त्यमा तरलता समस्याको दीर्घकालीन उपाय भनेको आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी र स्वरोजगारमुखी अर्थतन्त्रका रूपका विकास गर्दै लैजानु हो । यसैका माध्यमबाट नेपालमा उत्पादित सामानले आयातमा कमी ल्याई नेपालबाट बाहिरिने रकम कम हुँदै जन्छ । लेखक आरआर क्याम्पसमा अर्थशास्त्र,  स्नातकोत्तर तहका विद्यार्थी हुन् ।

कमाइ दिन सक्ने सरल व्यवसायहरू

ज्यादै धनी बन्ने लोभमा दौडनुभन्दा ठिक्क धनी बन्ने उपाय खोज्नुलाई व्यवसायको सरल तरीका भनिन्छ । यस्ता व्यवसायीले जीवनका आधारभूत चीजसँग सम्बद्ध व्यापारलाई ध्यान दिन्छन् । यसबाट चामत्कारिक आम्दानी नभए पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था आउँदैन । जस्तै राजमार्गका होटेलमा कोही न कोही खान, वास बस्न वा चिया पिउन आउँछ नै । त्यसैले मानिस हिँडडुल गर्ने ठाउँमा होटेलहरू खोलेका मानिसहरू अर्बपति नहोलान् तर आनन्दसँग जीवन बिताउन सक्छन् । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालको बाहिर बूढानीलकण्ठ जाने सडकको सटरमा एकजना पाल्पाका व्यवसायीले होटेल राखेका छन् । मुख्य सडक छ तर अस्पतालबाट अलि टाढै छ । उनले त्यो त्यहाँ महीनामा ६५ हजार भाडा तिर्ने रहेछन् । बिहानदेखि रातिसम्म उनी व्यस्त रहेको देखिन्छ । मानिसहरू रोटी, भात, माछामासु, जाडोमा हल्का मदिरासमेत खान आइरहने उनको व्यापार चलिरहेको देखिन्छ । यसरी सडक, अस्पताल, बैंक, क्याम्पस नजिकका खाजा पसलेहरूले ठूलो परिवर्तन गर्न नसके पनि पैसा ठीकै कमाएका रहेछन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । अस्पतालभित्रको पसलमा नभएको औषधि बेच्ने त्यहाँ वरिपरिका अन्य निजी पसलमा धेरै ग्राहक झुम्मिएको देखिन्छ । त्यसैले जुन ठाउँमा जुन प्रकृतिका ग्राहक आउँछन् त्यस ठाउँमा सोही प्रकृतिको व्यापारमा हात हालेर त्यस क्षेत्रमा बढी ग्राहकमुखी भएर लाग्न सक्ने लगानीकर्ता असफल नहुने देखिन्छ । व्यावसायिक सोच बनाउँदा सरल र परम्परागत रूपमा चलिरहेका व्यवसायमा जीवन निर्वाह सहज देखिन्छ । उतारचढाव त व्यापारमा हुँदै हुँदैन भन्न सकिँदैन । केही वर्ष अगाडिसम्म हात खाली नहुने ओम अस्पताल अगाडिका औषधि, फलफूल र होटेलजस्ता पसलहरू यही मङ्सिर १३ गते साँझ सुनसान देखिए, त्यसैगरी पुलको साइडमा टेक्सीको लाइन बाक्लो हुन्थ्यो अहिले हेर्दा ज्यादै नै पातलो छ । त्यहाँका एक जना फलफूल पसलेलाई अहिले पहिलाजस्तो चमक छैन नि भनी सोध्दा, जवाफ आयो अहिले व्यापार घटेको छ । यसको कारण बारेमा अलि गहिरिएर सोधखोज गर्दा एक जना अलि बढी नाम चलेका डाक्टरले ओम छोडेपछि अन्य सहायक व्यवसायमा पनि ग्राहक घटेको बुझियो । बाह्य वातावरणले अवसर सृजना गर्दा चल्ने वा चुनौती थपिएमा नचल्ने अवस्था नआओस् भन्ने चाहने हो भने आफ्नै क्षमताले ग्राहक तान्न सकिने व्यवसायमा ध्यान दिनुपर्छ । आफ्नै कला, शीप, व्यावहारिकताको माध्यमबाट ग्राहक तान्ने गरी व्यवसाय सञ्चालन गर्नु ज्यादै राम्रो हो । सकेसम्म स्थान राम्रो भयो र आफ्नै तरीकाबाट ग्राहक तान्न सकियो भने, यो नै दिगो र ख्याति कमाउनलायक तरीका हो । थोरै पैसा हुनेले सकेसम्म स्थिर प्रकृतिका व्यापारमा लगानी गरौँ । जस्तै, दाल चामल, तेल, इन्धन आदि । यस्तो सामानको मोडल छिटोछिटो परिवर्तन हुँदैन । मानिसलाई त्यो चिज आवश्यक भइरहन्छ । जस्तै हामी सानो हुँदा कोकाकोला जस्तो थियो, अहिले पनि उस्तै छ र त्यत्तिकै बिकेको छ, मोटर–साइकल र हेलमेट पनि । यस्तै परिवर्तनको दर कम भएका व्यवसायहरूमा कमाउन र टिक्न सकिन्छ । इँटाहरू युगौंदेखि चारपाटे छन् र व्यापारीहरूले मज्जाले घर ठड्याएकै छन् । त्यसैले छिटोछिटो फेशन नफेरिने व्यवसायको खोजी गराैं । अनेक सत्तोसराप गरिए तापनि विश्वमा मदिरा र बियरको व्यापार घटेको छैन, वेदमा समेत मुक्तकण्ठले वाचन गरिने सोमरस बेचेर नेपालले गएको वर्ष २०७७÷७८ मदिराबाट रू. २५ अर्ब ३२ करोड, बियरबाट रू. २१ अर्ब र सिगरेट बिँडी (टोबाको)बाट रू. २० अर्ब अन्तःशुल्क उठाएको कुरा आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा लेखिएको छ औद्योगिक उत्पादनबाट रू. १५ अर्ब ८० करोडमात्र अन्तःशुल्क उठेको छ । यसको अर्थ मदिराको व्यापारमा फेशन परिवर्तनको मार कम देखिएको छ र व्यापार पनि बढेकै छ । शेयरबजारमा जसरी नेप्से घटेका बेलामा शेयर किन्ने गरिन्छ त्यसैगरी अन्य व्यवसाय गर्नेले पनि सकेसम्म चलिरहेको व्यवसाय खरीद गरेर त्यसलाई अलिकति फरक व्यवस्थापनका साथ चलाउने तरीका अपनाउनु पनि व्यवसायको सरल तरीका हो । कहिलेकाहीँ धैर्य गुमाएका कारोबारीले सस्तोमा विक्री गर्न लागेका व्यवसाय खरीद गरी नयाँ तरीकाले सञ्चालन गर्ने सोच पनि व्यवसायमा अगाडि बढ्ने उपाय हो । शीपमूलक काम जससँग प्रतिस्पर्धा गर्ने तागत अरू कसैसँग नहोस् वा निकै कमसँग होस् त्यस्तो व्यवसाय छान्नु बढी सहज हुन्छ । मर्मतमूलक कार्य जस्तै मोबाइल, ल्यापटप, टिभी, मोटरसाइकल आदिको विक्री पनि हुन्छ र मर्मतबाट दैनिक घरखर्च, बच्चाबच्चीको विद्यालय शुल्क पनि उठाउन सकिन्छ । यी सबै क्षेत्र चमत्कारका क्षेत्र नभए पनि उद्यमीलाई टिकाउने व्यावसायिक क्षेत्र हुन् । व्यवसाय जागीर होइन, जसमा निश्चित तलब होस् । यो भाग्यको खेल पनि होइन, जसमा अकस्मात् चिट्ठा ( लटरी) परोस् । त्यसैले यसमा सफल हुनका लागि निरन्तर मेहनत र ग्राहकसँग एकनासको व्यवहार गर्नुपर्छ । ग्राहक बढाउनु भनेको विश्वासको वातावरण कायम गर्दै मूल्य र गुणस्तरमा सन्तुलन बनाउनु हो । बजार बनाउने हो, ग्राहक सृजना गर्ने हो । बनीबनाउ सफलताका सूत्रहरू कतै पनि भेटिँदैन । अवसर खोज्दै र चुनौतीलाई परास्त गर्दै अगाडि बढ्ने हो । जुन व्यवसायमा सरलता छ, त्यहाँ टिकाउपन हुन्छ । त्यसैले सरल र सम्भावना भएका व्यवसाय रोजाैं । धेरै ठूला सपनामा रम्नुभन्दा टिक्ने र बिक्ने व्यवसायलाई बिस्तारै वृद्धि र विविधीकरण गर्ने उपायबाट प्रगति गर्दै जानुपर्छ । नेपालमा व्यवसायको वातावरण छैन, बजार सानो छ भन्नेजस्ता बहानाबाजी बनाउनुभन्दा हुने र सक्ने काममा लगानी गर्दै जानुपर्छ । शेयरबजार र अन्य व्यवसायमा फरक छ । त्यो के भने शेयरमा लगानीकर्ताको नियन्त्रण हँुदैन । तर, अन्य उद्यम, व्यवसायमा लगानीकर्ताकै नियन्त्रण हुन्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

डोजरे विकासकै कारण बाढीपहिरो आएको हो त ?

यो वर्ष बाढी पहिरोले दर्जनाैं मानिसको ज्यान गयो । प्रकृति स्वचालित हुन्छ अपवादलाई छोडेर मानिसले प्रकृतिसँग युद्ध गर्न र जित्न सक्दैन । तर, विज्ञानका अनेक सूत्र प्रयोग गरेर प्रकृतिजन्य क्षतिलाई कम गर्न सकिन्छ । बाढी त्यतिबेला रोक्न सकिँदैन । जतिबेला बाढी आइसक्छ तर पहिला नै सतर्क हो भने बाढीको बाटो परिवर्तन निश्चय पनि गर्न सकिन्छ । मानिस बाहुबली मात्र छैन, उससँग बुद्धि, विवेक र विज्ञान छ । पहिरो जानुका कारणहरू खोज्न र त्यसलाई कम गर्न सकिन्छ । प्राकृतिक रूपमा जति विपत्ति वितेका केही वर्षमा हामीले भोग्याैं देख्याैं । त्यसमध्ये मुख्य कारणमा जलवायु परिवर्तन, विकासका नाममा गरिने डोजर, एस्काभेटर, क्रेन आदिको प्रयोग हो । जलवायु परिवर्तनले तापक्रम बढ्छ, जलवायुले मौसममा पनि अप्रत्याशित असर पार्छ । मौसम आजको दिनमा जे भइरहेको रहेको छ, त्यसलाई बुझाउने शब्द हो । जस्तै आज घाम लाग्नु, पानी आउनु, बादल लाग्नु आदि मौसम हो र ३० वर्षसम्म सरदर मौसम कस्तो र≈यो त्यसलाई जलवायु भनिन्छ । यो जलवायु कसरी परिवर्तन हुन्छ भन्ने सन्दर्भमा बढ्दो जनसंख्या, औद्यागिकीकरणबाट निस्कने कार्बनडाइ अक्साइडबाट सृजना भएको बढी ग्रीन हाउस इफेक्ट हो । पृथ्वीवरपरको आकाशमा पृथ्वीबाट नै उत्सर्जन भएको कार्बनडाइ अक्साइड घेरिएको छ । यो यस्तो कार्बोनको तहले सूर्यबाट आएको प्रकाशलाई पृथ्वीमा आउन दिन्छ । तर, त्यो आएको तातोलाई बाहिर जान दिँदैन र त्यो तातोपन यही गुम्सिएर ग्लोबल वार्मिङ हुन्छ । यसलाई अर्को तरीकाले पनि बुभ्mन सकिन्छ एउटा गाडी घाम उभ्याएर सिसा बन्द गरेर राख्ने हो भने सूर्यको तापभित्र छिरेर पूरै तातो बनाउँछ । तर, त्यो भित्रको तातो बाहिर आउन नपाएर गाडीभित्रै गुम्सिन्छ । हरितगृह प्रभाव भनेको यही हो । केही हदसम्म यो आवश्यक छ र बढी भएमा गर्मी बढ्छ । बीबीसीका अनुसार पृथ्वीको तापक्रम सरदर हुनुपर्नेभन्दा १ दशमलव २ डिग्री सेन्टिग्रेडले बढेको छ । यो क्रम यस्तै जारी रहेमा यो शताब्दीको अन्त्यसम्ममा लगभग २० करोड समुद्र किनारा वरपरका मानिसहरू विस्थापित हुनेछन् । बितेको १ महीना अर्थात् जुन र जुलाईमा उत्तरी अमेरिकामा अहिलेसम्मकै बढी गर्मी भएर लु लागेर दर्जनौं मानिस मरे । जर्मनीमा आएको १०० वर्षको सबैभन्दा भीषण बाढीले लगभग १७० मानिसको ज्यान गयो र चीनको साङजाउ प्रान्तमा आएको बाढीले त्यहाँको सम्पूर्ण तयारीलाई विपद् केन्द्रमा परिणत गरिदियो ।  नेपालमा मेलम्ची र हेलम्बुको बाढीको मूल कारण, परारी बजारको जलमग्नता जलवायु परिवर्तनमात्र हो वा हाम्रा केही विकासवादी सोचमा कमजोरी छ, खोजांै । हजारांै पहिरो जानुमा जलवायु परिवर्तन मात्र दोषी छ कि डोजर, एस्काभेटर, क्रेन आदिबाट जमीन खनेर सडक दौडाउने होड दोषी छ, यसबारे गहन छलफल गर्न आवश्यक छ । साथै शहरको जल निकासीमा ध्यान नदिँदा शहर डुबे त्यसबारे पनि सोचौं । सन् २०२१ को अन्त्यतिर चीनमा जलवायु परिवर्तनसम्बन्धी १२० राष्ट्र सम्मिलित एक सम्मेलन हुँदै छ । यसमा मूल रूपमा यदि हाम्रो पृथ्वीलाई सुरक्षित र बस्नलायक जमीनका रूपमा विकसित गर्ने हो भने कार्बनडाइ अक्साइडको उत्सर्जनलाई निकै कम बनाउने विषयमा छलफल हुनेछ । तापक्रम र अझ भनौं जलवायुको अनुकूलताले नै हाम्रो जीवन सम्भव भएको हो । पृथ्वीको सरदर वा औसत तापक्रम १४.४ डिग्री छ । यही नै जीवनको मूल आधार हो । यही अनुकूलताले पानी, हावा वनजंगल आदि बनाएको हो । तापक्रम नमिले अरू केही पनि मिल्दैन । हाम्रा छिमेकी ग्रह शुक्रको सतहको तापक्रम ४४९ डिग्री सेन्टीग्रेड र मंगल ग्रहको तापक्रम माइनस ५५ सेन्टिग्रेड छ । यो सबै हुनुको कारण हरित गृह प्रभाव नै हो । एक निश्चित परिणामसम्म ग्रिनहाउस ग्यास आवश्यक छ जसले सूर्यबाट आउने खराब किरणलाई रोक्छ । यो अति बढी भयो भने तातोपन फर्किन पाउँदैन । यही नै आजको विश्वव्यापी समस्या हो । के यही समस्याले मात्र नेपालमा हजाराैं भूस्खलन भएको होला त ? मूल कारण त्यो हो । तर, त्यतिमात्र होइन । मेलम्ची र हेलम्बुमा बाढी आउँदाको दिन पनि त्यस्तो भारी वर्षात् भएको थिएन । अधिकांश बाढीजन्य विपत्ति पहिरोको कारण भएको छ पहिरोले नदी थुनिदिने र त्यो फुट्दा बाढी आउने समस्या देखिएको छ । नेपालका सबै पहिरो डोजरको खनाइको कारणमात्र गएको हो भन्नु पनि अतिशयोक्ति हुनेछ । पहिरो जानुको मूल कारण अत्यधिक वर्षात् हो । पानीले त्यो ठाउँमा बढी पहिरो जान्छ जहाँ सहज निकास अवरोध भएको छ । पानीको प्रवाह त्यहाँ अवरोध हुन्छ जहाँ भर्खर खनेको माटोले पानी बढी सोसेर बग्न दिँदैन । हालसालै डोजरले खनेका ठाउँमा तत्काल नालीको व्यवस्था गरिएको हुँदैन त्यस्तो ठाउँमा पानी जम्छ, सोसिन्छ र ढिक खस्छ । यसको प्रत्यक्ष उदाहरण भर्खर डोजर लगाइएका सडकहरू नै हुन् जहाँ तलबाट पनि पहिरो गएको छ र माथिबाट पनि पहिरो झरेको छ । यो हेर्न टाढा जानु पर्दैन, बन्दै गरेको कान्तिराजपथ, पृथ्वीराजमार्गको पारिपारि बन्दै गरेका सडक र पहिरोलाई लिन सकिन्छ । यसबाहेक, पाल्पा, गुल्मी, दार्जुला, सिन्धुपाल्चोक, स्याङ्जालगायत जिल्लामा जति पहिरो यस वर्ष गए । त्यसमा ९५ प्रतिशत पहिरो यस्तै डोजरको प्रभावबाट गएका छन् । अब यो समस्या रोक्न सरकारले कठोर निर्णय लिनैपर्ने अवस्था आएको छ । सडकमात्र विकासको अन्तिम आधार होइन, आवश्य ठाउँमा खनी सकियो अव यो जमीनमा डोजर चलाउने काम पूर्णतया रोक्ने हो भने अबको १० वर्षमा पहिरोको घातकता यस्तो विकराल हुने छैन जस्तो अहिले भोगिएको छ । त्यसैले डोजर मुक्त नेपालको परिकल्पना गरांै ? लेखक कैलशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

तनहुँका तीन क्याम्पसमा स्ववियु निर्वाचन सकियो, दुईमा स्थगित

तनहुँका तीन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ भने दुईमा स्थगित भएको छ ।