नेपाल गोजुरियो कराते संघको आयोजनामा नवौं राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी जम्मा ४२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक गोजुरियो कराते संघका सचिव सानुबाबु गिरीले जनाएका छन् । पुरुषमा २८ र महिलामा १४ स्पर्धामा खेल हुने छ । सातै प्रदेशबाट करिब ३ सय खेलाडीको सहभागिता रहने छ ।आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्