काठमाडौं : चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्शु र प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाबिच भेटवार्ता भएको छ। संसद् भवन बानेश्वरमा दुई देशका संसद् प्रमुखबिच भेटवार्ता भएको हो।
भेटवार्तापछि संसद् भवनमै दुई देशका संसदीय टोलीबिच द्विपक्षीय छलफल सुरु भएको छ। छलफलको नेतृत्व नेपालका तर्फबाट सभामुख सापकोटा र चीनका तर्फबाट अध्यक्ष…