स्थानीय चुनावमा विवेकशील साझाको पहिलो जित- रूस्तम बने फेटा गाउँपालिका अध्यक्ष

काठमाडौं । विवेकशील साझा पार्टीले पहिलो पालिका अध्यक्ष पाएको छ । मधेस प्रदेशको बारा जिल्ला फेटा गाउँपालिका अध्यक्षमा विवेकशील विजयी भएको हो । अध्यक्षका उम्मेदवार रुस्तम अंसारी ४४८५ मत ल्याएर विजयी भए । नेकपा एमालेका अमिरीलाल प्रसादले २३९९ मत पाए यस्तै उपाध्यक्षमा पनि विवेकशीलकै निलम शाह विजयी भएकी छन् । उनले ३५७० मत पाइन् । […]

सम्बन्धित सामग्री

कांग्रेसले गुमाएका रुस्तम, जसले फेटामा विवेकशील साझालाई चिनाए

रुस्तमले उपाध्यक्षसहित ७ वटै वडामा आफूले रोजेको व्यक्तिलाई टिकट पाउनुपर्ने अडान लिए । प्रदेश सहमहामन्त्री जय नारायण यादव र क्षेत्री सभापति सुनिल गुप्ताले आफ्ना नजिकका व्यक्तिलाई टिकट दिन दबाव दिए । त्यसपछि रुस्तमले कांग्रेस पार्टीका नेताहरुकै अघिल्तिर गाउँपालिका अध्यक्षको टिकट च्यातेर फालिदिए ।

बाराको फेटा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष दुवै विवेकशील साझालाई

वीरगञ्ज – विवेकशील साझा पार्टी बाराको फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा विवेकशील साझाका उम्मेदवार रुस्तम अन्सारी विजयी भएका हुन्। उनी ४ हजार ४८५ मत ल्याएर विजयी भए।उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरी लाल प्रसादले २ हजार ३९९ मत प्राप्त गरे। लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जय चौहानले १ हजार […]

विवेकशील साझाका दोस्रो वडाध्यक्ष निर्वाचित

बारा । विवेकशील साझा पार्टीका दोस्रो वडाध्यक्ष निर्वाचित भएका छन् । बाराको फेटा गाउँपालिका वडा नम्बर ३ मा विवेकशील साझाबाट प्रह्लाद साह तेली निर्वाचित भएका हुन् । यसअघि सोही पालिकाका वडा नम्बर ६ मा अध्यक्षसहितको प्यानल निर्वाचित भएका थिए । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विवेकशीलका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।

बाराको फेटा गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा विवेकशील साझाको अग्रता कायमै

वीरगञ्ज – बाराको फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विवकशील साझा पार्टीले अग्रता कायमै राखेको छ। विवेकशील साझा पार्टीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका रुस्तम अन्सारी १ हजार ५३४ मतका साथ अगाडि रहेका छन्। उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष पदका उम्मेदवार मदनप्रसाद साह कानुले १ हजार ४१५ मतका साथ पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका […]

घरेलु मदिरा बनाउने ट्याङ्कीमा डुबेर बारामा ५ जनाको मृत्यु

वीरगंजः बाराको फेटा गाउँपालिका ४ बतरामा अवैध घरेलु मदिरा बनाउने ट्याङ्कीमा डुबेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोगा मुखिया बिनको परिवारका एक बालक र २ महिलासहित ५ जना रहेको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल साहले बताए। मुखियाबाहेक अन्यको सनाखत हुन सकेको छैन। साहले भने 'म अहिले