राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १ अर्ब २७ करोड ब्याजमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषको १ अर्ब २७ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले उक्त रकम ३६६ दिनका लागि निक्षेपको रूपमा बैंकमा राख्ने भएको हो । मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ । सूचना अनुसार कुल रकम मध्ये १ अर्ब १ करोड ६० लाख रुपैयाँ क वर्गका वाणिज्य बैंकहरुका लागि छुट्याइएको छ भने ख वर्गको विकास बैंकहरुका लागि १९ करोड ५ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थाहरुका लागि ६ करो