राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नागरिकता विधेयक नेपाल र नेपालीको हितमा नरहेको दाबी गरेका छन् । राष्ट्रिय जनमोर्चा रुपन्देहीले शुक्रबार बुटवलमा गरेको एक कार्यक्रममा उनले भारतलाई खुसी पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई दबाब दिएर नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएको समेत आरोप लगाए ।