मालिका गाउँपालिकाका केही वडामा मात्रै केरा खेती हुन्छ। केराखेती बारे कृषकमा प्राविधिक ज्ञान, तालिम आदिको अभावले विभिन्न रोग र किराले आक्रमण गर्ने सरसफाइको अभावमा बोट मर्नेलगायतका समस्या रहेको कृषि प्राविधिक बताउँछन् ।...
परम्परागत रुपमा धान खेती गर्दै आएको खेतमा मंगला गाउँपालिका–१ कुहुँका रनबहादुर खत्रीले व्यावसायिक सुन्तला र केरा खेती गरेका छन् । वैदेशिक रोजगारको सिलसिलामा बहराइनमा करिब दुई दशक बसेर फर्किएर २०७३ देखि उनले परम्परागत खेती छाडेर व्यावसायिक नगदे बाली सुरु गरेका हुन् । उनले पाँच रोपनी खेतमा ४ सय सुन्तला र तीन रोपनीमा केरा खेती गरेका […]
सरकारले कृषिमा जनताको सहभागिता बढाउन सुरु गरेको कृषि बीमाबाट बाराका किसान भने पीडित छन् । लाखौँको लगानी हुने खेतीको बीमा गरेका किसानले बीमावापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा पर्न थालेका छन् । बारा जिल्लाको उत्तरी क्षेत्रमा रहेको निजगढ केरा खेतीका लागि चिनिन्छ । यहाँका अधिकांश किसान केरा खेतीमा आकर्षित छन् । ठूलो लगानीमा केरा खेती गरेका किसानले लगानीको सुरक्षाका लागि बीमा गरेका छन् । तर, बीमा कम्पनीको लापरवाहीको कारण किसान मारमा देखिन्छन् । यहाँका किसानले केरा खेतीको बीमा गरेको भएता
अन्नबालीको उत्पादन घटेपछि रौतहटका किसान व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रौतहटले केरा खेतीको कार्यक्षेत्र विस्तार गरेसँगै किसान केरा खेतीतर्फ आकर्षित भएका हुन् । यस जिल्लाको १८ वटा स्थानीय तहमध्ये चन्द्रपुर, वृन्दावन, गरुडा, मौलापुरलगायत नौ स्थानीय तहका ३० वटा वडाको ३२१ हेक्टर जमिनमा माटो परीक्षण गरी केरा खेती गर्न छनोट गरिएको परियोजनाका कृषि अधिकृत दीपककुमार मिश्रले जानकारी दिनुभयो ।