दासत्व उन्मूलनका समस्या

आज संसारभरि अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । आजभन्दा ७३ वर्षअघि सन् १९४९ को आजको दिनमा (डिसेम्बर २) संयुक्त राष्ट्रसङ्घको महासभाले व्यक्तिको आवागमन र अन्यको वेश्यावृत्ति शोषणको दमनसम्बन्धी महासन्धि पारित गरेको थियो । यौन शोषण, मानव बेचबिखन, बालश्रमको सबैभन्दा जघन्य रूप, जबरजस्ती विवाह र सशस्त्र द्वन्द्वमा प्रयोगका लागि बालबालिकालाई जबरजस्ती भर्ती गर्नेजस्ता आधुनिक दासत्व अन्त्य गर्न यो अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मुखरित छ । आज संसारमा ४.३ करोड मानिस दास छन् । करिब २५ प्रतिशत दासत्वको चङ्गुलमा बालबालिका रहेको विभिन्न तथ्यले पुष्टि गर्छ ।

सम्बन्धित सामग्री

विश्वभर ५ करोड मानिस दासको रूपमा बाँच्न बाध्य, धनी देशमा पनि दासत्वको समस्या

विश्वभर पाँच करोड जना मानिस दासको रूपमा बाँच्न बाध्य भएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गरेको अध्ययनले महामारी र युद्धका कारण दास बन्न बाध्य हुने मानिसको सङ्ख्या निकै तीव्र गतिमा बढेको देखाएको छ । सशस्त्र द्वन्द्व, जलवायु परिवर्तन र विश्वव्यापी महामारीका कारण आधुनिक दासत्व बढ्दो चुनौती बनेको छ । आईएलओका अनुसार अहिले विश्वभर ५० मिलियन अर्थात् पाँच करोड मानिस दास बन्न बाध्य छन् । एक सय ५० जना जीवित व्यक्तिमध्ये एक जना जबरजस्ती श्रम वा जबरजस्ती विवाहमा फसेका छन् । यो पाँच वर्ष...

विवेक कि दलीय दासत्व

संसद विघटन सम्बन्धी मामिला अहिले सर्वाेच्च न्यायालयमा विचाराधीन छ। सुनुवाइको अन्तिम चरणमा रहेको उक्त मुद्दामा सम्भवत: अर्काे सातासम्म फैसला आउने छ। राजनीतिक मुद्दाको छिनोफानो सर्वस्वीकार्य ढंगले आउला या नआउला र यो फैसलाले भावी राजनीतिक किचलो समाधानमा मद्दत पुर्‍याउला या नपुर्‍याउला त्यो भविष्यले देखाउने छ। राजनीतिक समस्या पैदा गर्ने, त्यसको समाधान आफै गर्न नसक्ने अनि न्यायालयको […]