लकडाउनले थला पर्यो ई-रिक्सा व्यवसाय, बैंकको किस्ता तिर्नै धौधौ

विराटनगर : मध्य दिन। तराईको गर्मीमा घाम छल्दै यात्रुको पर्खाइमा बसेका थिए ६० वर्षीय राजेन्द्र पाण्डे। विराटनगर केशलीया नहरपारि बस्दै आएका उनी सिटी सफारी (ई–रिक्सा) चालक हुन्।उमेरको हिसाब गर्दा उनको आराम गर्ने उमेर हो। तर, राजेन्द्रले ढल्किँदो उमेरभन्दा जिम्मेवारीको बोझले अझै आराम पाउन सकेका छैनन्। उनका दुईजना छोरा विवाहपछि छुट्टिएर बेग्लै बस्न थालेका छन्। त्यसैले पनि उनी जीविकोपार्जनका लागि दिनहुँ नखटी हुँदैन। उनले तीन वर्षअघि बैंकबाट ऋण लिएर सिटी सफारी सिनेका छन्। त्यही सिटी सफा