भर्चुअल रियालिटीले संगीतको संसारलाई कसरी जोड्दै छ ?

भर्चुअल रियालिटी (भिआर)ले तपाई कन्सर्ट जाने तरिकामा परिवर्तन ल्याउँदै छ । संगीतकारहरुले भर्चुअल रियालिटीको एकदमै राम्रो फाईदा उठाइरहेका छन् । अहिले महामारीको समयमा धेरै कन्सर्टका भेन्युहरु बन्द भएकाले भर्चुअल माध्यम कार्यक्रमहरु आयोजना गर्न थालिएको छ । मान्छेनै जम्मा गरेर कार्यक्रम गर्ने धेरै भेन्युहरु बन्द गरिएको छ । स्लीपड डिस्क नामक युट्युब च्यानलले...

सम्बन्धित सामग्री

आयशालाई कांस्य

काठमाडौं, (नेस) । आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिप २०२१ मा कांस्यपदक जितेकी छिन् । विश्व तेक्वान्दो एसियाले भर्चुअल माध्यमबाट आयोजना गरेको प्रतियोगितामा आयशाले ब्ल्याक बेल्ट ४० वर्षमुनि उमेर समूहमा कांस्यपदक जितेकी हुन् । आयशाले कांस्यपदक जितेको स्पर्धामा मेक्सिकोकी एस्पिनोजा मार्केजले ७.८१ अंकसहित स्वर्ण जित्दा हङकङकी चेङले ७.३९ अंक जोड्दै रजतपदक हासिल गरिन् । चाइनिज […]

आयशालाई एसिया पुम्से ओपन च्याम्पियनसिपमा कास्य

२ भदौ, काठमाडौं । आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिप २०२१ मा कास्य पदक जितेकी छन् । विश्व तेक्वान्दो एसियाले भर्चुअल माध्यमबाट आयोजना गरेको प्रतियोगितामा आयशाले ब्ल्याक बेल्ट ४० वर्षमुनि उमेर समूहमा कास्य पदक जितेकी हुन् । आयशाले कास्य पदक जितेको स्पर्धामा मेक्सिकोकी एस्पिनोजा मार्केजले ७.८१ अंकसहित स्वर्ण जित्दा हङकङकी चेङले ७.३९ अंक जोड्दै रजत […]

प्रधानमन्त्री र सभामुखबीच आरोप-प्रत्यारोप !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विपक्षमा उभिएका सभामुख सापकोटा र ओलीबीच रोचक दोहोरी चलेको छ । सभामुख सापकोटाले आफूविरुद्धको अविश्वास प्रस्ताव दर्ताबारे किर्ते काम गरेको भन्ने प्रधानमन्त्री ओलीको आरोपको सभामुखले खण्डन गर्नुभएको छ । त्यसो त प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख उपस्थित नभएपछि संवैधानिक परिषदसम्बन्धी अध्यादेश आएको थियो । जुन अध्यादेशले प्रधानमन्त्रीलाई आफ्नै दल र विपक्षी नेताहरुबाट टाढा पुर्याउनुका साथै पार्टी विभाजनको आधार तयार पारेको थियो । प्रधानमन्त्री ओलीले संसद विघटन भइसकेपछि केहि सांसदहरुले हस्ताक्षर गरेर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भनी साढे ३ बजे प्रस्ताव दर्ता गर्न गएकोमा १०ः४० मै आएको भनी सभामुख सापकोटाले दर्ता गराएको आरोप लगाउनु भएको थियो । यसअघि पुस ८ गते संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा सो अविश्वासको प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे दर्ता गरिएको बताइएको थियो । प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिश गरेकै दिन पुस ५ गते ९० जना सदस्यले संघीय संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उहाँले संसद विघटन भइसकेपछि अविश्वास प्रस्तावको कुनै अर्थ नहुँदा नहुँदै पनि सभामुखले सो प्रस्तावलाई बैधानिकता दिने प्रयास गरेको आरोप लगाउनुभयो । शुक्रबार प्रवासी नेपालीहरुसँग गरेको भर्चुअल अन्तरक्रियामा ओलीले भन्नुभएको थियो, ‘सभामुखले किर्ते सनाखत गर्नुभयो । सभामुख जस्तो मर्यादित पदबाट साढे ३ बजे गएको प्रस्तावलाई साढे १० बजे गएको भनियो ।’ प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति सभामुख सापकोटाको आपत्ति छ । शुक्रबार साँझ सभामुखको सचिवालयले सो विषयमा सभामुखलाई अनावश्यक रुपमा विवादमा तान्ने प्रयास गरेको बताएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सो दिन सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखज्यूले दर्ताका लागि लिखित निर्देशन दिनु भएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तत् पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन । तथ्यहरुलाई एकातिर पन्छाएर सम्माननीय सभामुखज्यूलाई समेत विवादमा तान्ने प्रयासस्वरुप सृजना गरिएको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।’