चीनमा १५० वर्ष यताकै उच्च गर्मी, सयौं जनावर मरे, औद्योगिक गतिविधि ठप्प

चीनमा १५० वर्ष यताकै उच्च गर्मी बढेको छ। उच्च गर्मीसँगै बढ्दो खडेरीका कारण विभिन्न उद्योगहरू समेत बन्द भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।उच्च गर्मीका कारण  जियाङ्सु प्रान्तमा सयौं सुँगुर तथा खरायोहरू मरेका छन्। गुआङ्सीमा पनि पानीको तापक्रम बढेपछि पालिएका माछाहरू धमाधम मर्न थालेका छन्। गर्मीका कारण चीनमा कृषि र औद्योगिक गतिविधिमा समेत जोखिम उत्पन्न गराएको छ।बिजुलीको माग गत वर्षको तुलनामा यो वर्ष उच्च तहमा पुग्दा खडेरीका कारण जलविद्युत उत्पादनमा असर परेपछि केही भागमा महिनौं