काठमाडौंः दोस्रो हप्तामा प्रदर्शन भइरहेको नेपाली फिल्म 'कबड्डी ४ः द फाइनल म्याच'लाई भारतको सिक्किममा प्रतिबन्ध गर्न माग गरिएको छ। अभिनेत्री मिरुना मगर र लामा फुर्पा तामाङको केसलाई लिएर फिल्म प्रतिबन्ध गर्न माग गरिएको हो।सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्मलाई प्रतिबन्ध लगाउन माग गरेका हुन्। उनले फिल्मको प्रदर्शन बन्द नगरे सडक संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन्। बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको भन्दै यस विरुद्ध आवाज उठाउन जरुरी रहेको उनले