पेट्रोलियम पदार्थको मूल्यअनुसार सवारी भाडा स्वचालित बनाउन व्यवसायीको माग

काठमाडौं । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यअनुसार स्वचालित भाडादर लागु गर्नुपर्ने माग गरेका छन् ।  सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पेट्रोलियम पदार्थको मूल्य बढ्दा सार्वजनिक यातायातको भाडा पनि स्वत: बढ्ने र घट्दा स्वत: घट्ने स्वचालित प्रणाली लागु गर्न माग गरेको हो । महासंघका महासचिव भरत नेपालले वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयसँग स्वचालित भाडाबारे छलफल भइरहेको जानकारी...