एक दिन बढी बिदा बसेको बहानामा कम्पनीले निकालिदिएपछि मलेसियामा अलपत्र

काठमाण्डौ – स्याङ्जा गल्याङका होमबहादुर थापा आफू कार्यरत कम्पनीले कामबाट निकालिदिएपछि विगत पाँच दिनदेखि मलेसियामा अलपत्र पर्नुभएको छ । उहाँ २० वर्षदेखि काम गर्दै आउनुभएको कम्पनी स्ट्याण्डर्ड वूड प्रडक्ट एचडीएच डीएलटीले पासपोर्ट र कागजात जफत गरेर कामबाट निकालेको होमबहादुरका भाइ रणबहादुर क्षेत्रीले उज्यालोलाई बताउनुभयो । उहाँका अनुसार होमबहादुर कम्पनीबाट दुई दिनको बिदा मागेर घुम्न जानुभएको थियो । तर कारणबस तीन दिन बिदा बसेकाले कम्पनीले निकालेको हो । ‘उहाँले पहिलेका कम्पनी प्रमुखसँग बिदा लिएर घुम्न ...