सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामी भेटिएको छ । सरकारले हात्ती पाइले रोगविरुद्ध औषधि खुवाए पनि राजविराज नगरपालिका-७ का ५० वर्षीय शिवकुमार मण्डल यस रोगबाट पीडित छन् । सिटी चलाएर श्रीमती,दुई छोरा र एक छोरी गरि पाँच जनाको परिवार पाल्दै आएका मण्डल हात्ती पाइले रोगबाट थलिएपछि परिवार विचल्लीमा परेको ५ ।उनी पूर्ण अशक्त छन्। परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या भएको बताउँदै उनी भन्छन्, ‘पाँच वर्ष भयो खुट्टा सुनिन थालेको थियो । विस्तारै बढ्दै गयो । खुट्टाले काम गर्न छोडेपछि सिटी चल