‘लिडरसीपको २५ वर्ष बजाज लिडर्स मिट–२०२३’

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले रजत जयन्तीको अवसरमा ‘लिडरसीपको २५ वर्ष : बजाज लिडर्स मिट–२०२३’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बजाजका बाइक नेपालमै असेम्बल गर्दै आएको छ । विगत २५ वर्षदेखि बजाज बाइकले नयाँँ–नयाँँ र उत्कृष्ट डिजाइनको साथ नेपाली ग्राहकको मन जित्दै विश्वसनीय ब्रान्डको रूपमा स्थापित भएको कम्पनीको दाबी छ । कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले कर्मचारी, डिलरको कडा परिश्रम र समर्पण एवम् ग्राहकको अपार माया र निरन्तर साथले कम्पनीले उचाई लिएको बताए । साथै बजाजले नयाँँ वर्ष २०८० को अवसर पारेर ‘नव वर्ष २०८० क्याम्पेन’ पनि लन्च गरेको छ, जसअन्तर्गत बजाजका कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरीद गर्ने २५ उपभोक्ताले २५ प्रतिशतसम्म डाउन पेमेन्ट, रू. १० हजारसम्मको स्योर–शट क्यास डिस्काउन्ट, एक किलो चाँदी जित्ने मौका प्राप्त गर्न सक्ने बताइएको छ ।