आरन पेशा : कमाइ राम्रो, छैन आकर्षण

हातमा सीप र मनमा आँट भए कुनै पनि काम गर्न न बुढ्यौलीले छेक्छ न परिवारले रोक्छ । मोरङको कानेपोखरी–७ का गोरे विश्वकर्मा ७३ वर्षको भएर पनि आरनको सहारा लिएर महिनामा करिब २५ हजार रुपियाँ कमाउनुहुन्छ । गोरेको अनुहार चाउरी परिसक्यो । दाँत आधाउधी झरिसके । दारी कपाल फुलिसके । काँजो लगाएको चस्मा लगाएर उहाँ चैतको गर्मीमा आरन चलाउँदै आफ्नो परम्परागत पेसालाई धानिरहनुभएको छ । तीन भाइ छोरा वरिपरि छन् । नातिहरू पनि लाठे भइसके । आफ्नो परम्परागत पेसाबाट प्रसस्त पैसा कमाउन सकिन्छ भन्ने जान्दाजान्दै उनीहरू बाबुको पेसासँग बेखबरजस्तै छन् ।

सम्बन्धित सामग्री

आरन पेशा विस्थापित हुने अवस्थामा

काठमाडौँ,१५ वैशाख । ब्यास नगरपालिका–५ कन्टार निवासी भुमबहादुर विकले आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिँदै आएका छन् । आफू आठ वर्षको उमेर हुँदा बुवाले छाडेर गएपछि बुवाको पुख्र्यौली पेशालाई अँगाल्दै आएका हुन्। आरन व्यवसायबाट राम्रै कमाइ हुने गरे पनि पछिल्लो समय कोइला पाउन छाडेपछि पेशा विस्थापित हुने अवस्थामा पुगेको उनले बताए । सामुदायिक वनमा गएर काठ […]

संकटमा आरन पेशा

घरेलु औजारहरू र किसानलाई चाहिने आवश्यक सामग्री मात्र आरनमा बनिरहेका छन्। पहिले घरमै बसेर एक महिनामा दशदेखि पन्ध्र हजार रुपैयाँसम्म कमाइ हुने गरेको भएपनि अहिले निकै कम कमाइ हुने गरेको अनुभव उनीहरुसँग छ।...