सुर्खेत : जाजरकोटमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको बोलेरो छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट वडा नम्बर ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भीरपाटीमा सडकबाट तल खसेको थियो।छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले छेडागाड–५ का दिपक अधिकारी, छेडागाड–५ की नैनसरा अधिकारी, छेडागाड–५ की जैकुवरा बुढा, छेडागाड–५ का रामबहादुर बुढा, छेडागाड–६ का वीरबहाद