गृहमन्त्री बालृकष्ण खाँणले स्थानीय तह निर्वाचनको क्रममा देशैभरि भएका घटनामा परी घाइते र मृत्यु भएकाहरुका परिवारलाई तत्काल राहत र क्षतिपुर्ति दिलाउन निर्देशन दिएका छन् । बिहीबार राष्ट्रिय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँणले चुनावमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिँदै निर्वाचनको महत्वलाई बुझेर जनतालाई सुरक्षा दिने चुनौतीपूर्ण जिम्मेवारी निभाएकोमा सुरक्षाकर्मीहरुलाई धन्यवाद दिए ।