महँगो हवाई भाडाबारे इपिएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण

नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएकोबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) कोरियालाई स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार कोरिया जाने अत्यधिक महँगो टिकटबारे श्रम मन्त्रालयमार्फत इपिएसलाई तीन दिनभित्र जवाफ पेस गर्नेगरी स्पष्टीकरण सोधिएको हो । इपिएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट …