बेलायतकी रानी एलिजावेथ द्वितियाको निधनपछि ब्रुनाईका राजा संसारमा सबैभन्दा लामो समय शासन गर्ने जीवित राजशाही बनेका छन् । सन् १९६७ मा राज्यरोहण गरेका ब्रुनाईका राजा हसनल बोल्कियाह ५४ वर्ष ३३९ दिन(शुक्रबारसम्म) देखि शासनमा छन् । मृत्युअघि ब्रिटिस महारानी एलिजावेथ द्वितीया जिवित राजा÷रानीमध्ये सबैभन्दा लामो समय शासन गर्ने व्यक्ति थिइन् । सन् १९५२ मा २५ वर्षको उमेरमा शासनमा आएकी एलिजावेथ झण्डै ७० वर्ष शासनमा रहिन् । एलिजावेथ द्वितीया र बोल्कीयाहमा फरक खालको राजतन्त्रको नेतृत्वमा