बीओकेको नयाँ शाखा कास्कीको पावरहाउस चोकमा

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके)को नयाँ शाखा कास्कीको पावरहाउसमा सञ्चालनमा आएको छ । बैंकले पोखरा महानगरपालिका–३० पावरहाउस चोकमा रहेको उक्त शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय र बैंकका सञ्चालक मोहना लोहनीले संयुक्त रूपमा गरे । ग्राहकहरूको लाभलाई दृष्टिगत गर्दै समय सुहाउँदो प्रविधिमार्फत सेवा उपलब्ध गराउन नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंक सञ्चालक लोहनीको भनाइ थियो । उनका अनुसार गण्डकी प्रदेशमा बैंकका थप शाखा सञ्चालनमा ल्याउने योजना बनाइएको छ । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष आत्रेयले पावरहाउस क्षेत्रमा बैंक अफ काठमाण्डूको उपस्थिति स्वागतयोग्य रहेको बताए ।